‘समावेशी आर्थिक विकास समाजवादको आधार हुन सक्छ’
काठमाडौं, ३१ असोज । समावेशी आर्थिक विकास समाजवादको आधार हुने बुद्धिजीवीहरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्को नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठान र प्रवासी नेपाली मञ्चले राजधानीमा आयोजना गरेको समावेशी आर्थिक विकासका लागि नेपालका चुनौतिहरु विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्ने बुद्धिजीवीहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका उमहासचिव विष्णु रिमालले समृद्ध नेपाल, सुखी नेपाली नेकपा एमालेको गनतव्य भएको बताए । मुलुक समृद्ध हुँदा मात्रै समाजवादमा जान सकिने बताएँदै उमहासचिव रिमालले एमाले समावेशी आर्थिक विकासको पक्षमा रहेको बताए । आर्थिक वृद्धिका संवाहकका रुपमा रहेका कृषि र वन, उद्योग, प्रयटन, उर्जा, यातायात तथा सुचना प्रविधि तथा भौतिक पूर्वाधारको तिव्र विकास नेकपा एमालेको प्राथामिकतामा रहेको बताएँदै रिमालले आसन्न निर्वाचनको घोषणापत्रमा पनि यही विषयलाई समावेश गरिने बताए ।
कार्यक्रममा वोल्दै नेपाल वुद्धिजीवी परिषद्का अध्यक्ष तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले नेपालको विशिष्ठताका आधारमा समाजवादको मोडल तयार गरिनुपर्ने बताए । समावेशी आर्थिक विकासका मध्यमबाट उच्च आर्थिक वृद्धि गर्ने कामले समाजवाद निर्माणलाई योगदान पुग्ने बताएँदै डा. देवकोटाले ग्रिन इकोनमीलाई पनि प्राथामिकता दिनुपर्ने बताए ।
यसैगरी योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्प कँडेलले मिश्रित अर्थ व्यवस्था र लोक कल्याणकारी राज्य मार्फत समाजवादको आधार निर्माण गर्ने एमालेको कार्यदिशा भएको बताए । शिक्षा, स्वस्थ्य र मानवीय विकासलाई प्राथामिकता दिनुपर्ने बताएँदै डा.कँडेलले राजनीतिक अस्थिरताले समावेशी आर्थिक विकासमा वाधा पुर्याएको बताए ।
कार्यक्रममा मिनेसोटा विश्वविद्यालय अमेरिकाका सहप्रध्यापक डा. सतिस देवकोटाले नेपालको समावेशी आर्थिक विकासका चुनौति र समाधानको उपाय शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व सचिव डा. मानवहादुर विकेले नीति र समाजकावीचमा रहेको दुरीलाई कम गर्दै राज्य समाजका पछि परेका वर्गको संरक्षण गर्ने सिद्धान्तबाट अगाडि वढ्नुपर्ने बताए ।
कार्यक्रम नेपाल बुद्धिजीवी परिषद्का उपाध्यक्ष तथा नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विधान आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागीका तर्फबाट तारा कार्की, किरण विके, समीर नेपाल, प्रमिला सापकोटा, डा. तारानिधि भट्राई, बावुराम भारद्धाज, केशव अधिकारी, चित्र श्रेष्ठ, इन्दिरा पराजुली, आर सुवेदी, तेज सुनार, दिलमणी आदिले आआफ्ना विचार राखेका थिए ।