Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

१७.५ प्रतिशत नेपाली बहुआयामिक गरीबीमा

१७.५ प्रतिशत नेपाली बहुआयामिक गरीबीमा

काठमाडौं, १ कात्तिक । नेपालमा १७ दशमलव ५ प्रतिशत नेपाली बहुआयामिक गरिब रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९यूएनडीपी०ले सोमबार सार्वजनिक गरेको विश्वव्यापी बहुआयामिक गरिबी सूचकाङ्क ९एमपीआई० प्रतिवेदनले ५१ लाख ३७ हजार नेपाली बहुआयामिक गरिब रहेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

पछिल्लो दशक नेपालमा बहुआयामिक गरिबीमा सुधार आएको प्रतिवेदनले औँल्याएको छ । सन् २०११ मा ३९ प्रतिशत रहेको बहुआयामिक गरिबको सङ्ख्या सन् २०१६ मा २५ दशमलव ७ प्रतिशतमा झरेको थियो ।

सो प्रतिवेदनअनुसार नेपालमा स्वास्थ्यतर्फ २३ दशमलव २ प्रतिशत, शिक्षातर्फ ३ दशमलव ९ प्रतिशत र जीवनस्तरतर्फ ४३ प्रतिशत नेपाली बहुआयमिक गरिब रहेका छन् । ६ अर्ब १० लाख जनसङ्ख्या रहेको विश्वका १११ देशको शिक्षा, स्वास्थ्य र जीवनस्तरका विभिन्न सूचकाङ्कलाई आधार मानेर गरेको अध्ययनले विश्वमा एक अर्ब २० करोड जनसङ्ख्या बहुआयामिक गरिब रहेको देखाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x