नेप्से परिसूचक १.३८ अंकले ओरालो

काठमाडौं, ३ कात्तिक । यस साताको पाँचौं कारोबार दिन शेयर कारोबार ओरालो लागेको छ । ]
बिहीबार नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४.१४ बिन्दुमा पुगेको छ ।
यस दिन कारोबार रकममा भने गिरावट आएको छ । मंगलबार ५० करोड ७६ लाख ८९ हजार रुपैयाँको शेयर कारोबारमा १५ लाख ४६ हजार ८ सय ५७ कित्ता शेयर कारोबार भएको छ ।
यस्तै १३ समूहका उपसूचक मध्ये १० समूहका कम्पनीको कारोबार ओरालो लागेको छ भने ३ समूहका कम्पनीको कारोबार बढेको छ ।