जग्गा भाडामा लिएर केरा खेती गर्ने कृषक बढ्दै

काठमाडौं, ३ कात्तिक । अन्नको भण्डारको रुपमा पहिचान बनाएको कंचनपुरमा पछिल्लो समय केरा खेतीमा समेत राम्रो सम्भावना देखिएको छ । जिल्लाका कृषकहरूले लगाएको केरा फस्टाएर आत्मनिर्भर बन्न थालेपछि केराखेतीमा राम्रो सम्भावना देखिएको हो ।
केराको उत्पादकत्वमा वृद्धि र सम्भावना बढेसंगै कृषकहरू जग्गा भाडामा लिएर केरा खेती गर्न थालेका छन् । अन्नको भण्डारको रुपमा पहिचान बनाएको कंचनपुरमा पछिल्लो समय केरा खेतीमा समेत राम्रो सम्भावना देखिएको छ । जिल्लाका कृषकहरूले लगाएको केरा फस्टाएर आत्मनिर्भर बन्न थालेपछि केराखेतीमा राम्रो सम्भावना देखिएको हो । केराको उत्पादकत्वमा वृद्धि र सम्भावना बढेसंगै कृषकहरू जग्गा भाडामा लिएर केरा खेती गर्न थालेका छन् । अन्य व्यवसायभन्दा कम मेहनतमा बढी मुनाफा हुने भएपछि जग्गा भाडामा लिएर केराखेती सुरु गरेको पुर्नवास नगरपालिका–४ का ……..ले बताए ।
कृष्णसार बहुउद्देश्यीय कृषि फर्म मार्फत २१ विगाह जग्गा भाडामा लिएर तिनजना मिलेर सामुहिक रुपमा केरा खेती गरेका उनले सरकारले यस्ता कृषकहरूलाई प्रोत्साहन गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।बर्दियामा केरा खेती राम्रो हुनथालेपछि यतीबेला विभिन्न जिल्लावाट दर्जनौ किसानहरू जग्गा भाडामा लिएर खेती गर्न थालेका छन । जिल्लामा केराखेतीको सम्भावना राम्रो देखिएपछि केराखेतीमा कृषकहरूको लगानी समेत बढन थालेको छ । बाँकेको खजुरा गाउँपालिका ४ का सुनिलकुमार गुप्ताले बर्दियामा केराखेती फस्टाएको देखेपछि गुलरिया ३ खैरीमा ७ विगाह जग्गा भाडामा लिएर केरा खेती सुरु गरेको बताए । “२१ लाख लगानी गरेर खेती सुरु गरेको छु, अन्य क्षेत्रमा लगानी गर्नुभन्दा केरामा छोटो समयमा नगद आर्जन हुने ठाँनेर केराखेतीमा हात हालेको हुँ,” उनले भने ।
विगतमा विभिन्न व्यवसाय गरेर असफल भएका कृषकहरू पनी यतीबेला बर्दियामा अरुको जग्गा भाडामा लिएर लाखौ लगानी गरेर केराखेती सुरु गरेको बताउँछन् । सुरुमा गाईपालन सुरु गरी असफल भएका विरेन्द्रनगर सुर्खेतका जय बहादुर शाहीले विभिन्न व्यवसाय र क्षेत्रको सम्भाव्यता अध्ययन गरी बर्दियामा केराखेती सुरु गरेको बताए । केरा खेती गर्ने कृषकहरूको संख्या बढेसंगै जिल्लाको गुलरियामा केरा पकाउने च्याम्वरका साथै टिस्युकल्चर प्रविधिवाट केराका विरुवा उत्पादन सुरु भएको छ भने बाँसगढी ६ लक्ष्मणामा करिब डेढ करोडको लगानीमा केराको विरुवा उत्पादनका लागि टिस्युकल्चर ल्याब पनि सञ्चालनमा ल्याइएको छ ।
केरा खेती गर्ने कृषकहरूलाई सस्तोमा उन्नत जातका विरुवा उपलब्ध गराउन ल्याव संचालन गरिएको कुसल एग्रीकल्चर रिसर्च एण्ड डेभ्लपमेन्ट सेन्टर लक्ष्मणाका राम भरोस नेपालले बताए ।केराखेतीमा आर्कषण बढेसंगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अनुदानका साथै विभिन्न सहयोग उपलब्ध गराउन थालिएको छ । परियोजनावाट विभिन्न सहयोग पाएपछि कृषकहरू अन्य खेती मासेर केराखेतीतर्फ हौसीएको परियोजना अन्तगर्त ब्लक व्यवस्थापक सीता भट्टराईले बताईन । केराको क्षेत्र विस्तारका साथै अन्य कृषि अनुदान संगै सिचाई सामाग्री, विषादी, तालिम लगायत प्राविधि सहयोग उपलब्ध भएपछि कृषकहरू झन आर्कषित भएको उनको भनाई छ ।बर्दियामा हाल करिव ७ सय हेक्टर क्षेत्रफलमा करिव २० करोडको लगानीमा केरा खेती गरिएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । यहाँ उत्पादित केरा जिल्लाका साथै विभिन्न छिमेकी जिल्लाहरूमा समेत निर्यात हुने गरेको गुलरिया नगरपालिका अन्तगर्त कृषि शाखा प्रमुख तारा शर्माले बताईन ।
पछिल्लो समय केरा उत्पादनमा बृद्धि भएपछि जिल्लामै केरा पकाउने विद्युतीय च्याम्बरमा स्वस्थ्यकर केरा पकाएर अन्य जिल्लाहरूमा पठाउन थालिएको उनको भनाई छ केरा खेतीमा अन्य वालीको तुलनामा मेहनत कम गर्नुपर्ने र मुनाफा पनि धेरै भएकोले केरा खेती तर्फ कृषकहरू आकर्षित हुँदै गएका छन् । यसरी आकर्षित भएका कृषकहरूलाई राज्यले प्रोत्साहन गर्न जरुरी छ ।