Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पूँजीगत खर्च कमजोर

काठमाडौं, १४ कात्तिक । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारको पूँजीगत खर्च निकै कमजोर देखिएको छ । पहिलो त्रैमासिकमा चालू खर्च १८ दशमलव ९१ प्रतिशत अर्थात् दुई खर्ब २३ अर्ब ७४ करोड रुपैयाँ खर्च हुँदा पुँजीगत खर्च पाँच दशमलव १७ प्रतिशत अर्थात् १९ अर्ब ६८ करोड रुपैयाँ मात्र रहेको छ । प्रथम त्रैमासिकमा चालू, पुँजी र वित्तीय व्यवस्था गरी कुल १५ दशमलव ५१ प्रतिशत अर्थात् दुई खर्ब ७८ अर्ब १६ लाख रुपैयाँ खर्च भएको छ ।

पहिलो त्रैमासिकमा मात्र नभई चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा समेत पुँजीगत खर्च कमजोर रहेको थियो । दुई महिनाको अवधिमा चालू, पुँजीगत र वित्तीय व्यवस्थातर्फको खर्च क्रमशः एक खर्ब आठ अर्ब ७३ करोड रुपैयाँ, पाँच अर्ब ८६ करोड पाँच लाख रुपैयाँ र १९ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ रहेको महालेखाले जनाएको छ । दुई महिनाको अवधिमा भने सरकारको कुल खर्च सात दशमलव ४९ प्रतिशत अर्थात् एक खर्ब ३४ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

यस्तै, पहिलो त्रैमासिकमा विकास खर्च १९ अर्ब ६८ करोड रुपैयाँ गरेको सरकारले गत आर्थिक वर्षमा दुई खर्ब १६ अर्ब रुपैयाँ पुँजीगत खर्च गरेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षमा सरकारले तीनवटा शीर्षकमा गरी कुल १२ खर्ब ९६ अर्ब रुपैयाँ खर्च गरेको थियो । गत वर्ष १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ विनियोजन गरिएको थियो । गत आर्थिक वर्षमा सरकारको कुल खर्च ११ खर्ब ९६ अर्ब रुपैयाँ रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x