सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं, १६ कात्तिक । यस साताको चौंथो कारोबार दिन सुनचाँदीको मूल्य सामान्य अंकले बढेको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ६ सय र चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार १ सय र चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो भने यस दिन सुन ५ सय र चाँदी १० रुपैयाँले मूल्य बढेर कारोबार भएको हो ।
यस्तै तेजावी सुन प्रतितोला ९३ हजार १ सयमा कारोबार भएको छ ।