मंगलबार ह्वात्तै बढेको नेप्से आज सामान्य अंकले उकालो
काठमाडौं, १६ कात्तिक । साताको चौंथो दिन शेयर कारोबार समान्य अंकले उकालो लागेको छ । मंगलबार ह्वात्तै बढेको नेप्से परिसूचक आज सामान्य अंकले बढेको हो ।
बुधबार नेप्से परिसूचक ७.३२ अंकले बढेर १९३८.३० बिन्दुमा पुगेको छ ।
यस दिन कारोबार रकममा समेत सामान्य सुधार आएको छ । बुधबार १ अर्ब ४६ करोड ७९ लाख १४ हजार रुपैयाँको शेयर कारोबार हुँदा ४३ लाख ४६ हजार ७ सय ८ कित्ता शेयर कारोबार भएको छ ।
यस्तै १३ समूहका उपसूचक मध्ये १० समूहका कम्पनीको कारोबार बढेको छ भने ३ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै ५५.१३ अंकले जीवन बिमा समूह तर्फका कम्पनीको कारोबार बढेको छ ।