Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कोप–२७ को विभिन्न सत्रका वार्ता र छलफल हुँदै

कोप–२७ को विभिन्न सत्रका वार्ता र छलफल हुँदै

काठमाडौं, २३ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी)को पक्ष राष्ट्रको २७औं सम्मेलन (कोप–२७)को सोमवारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’ मंगलवार सम्पन्न भएको छ । उच्चस्तरीय सत्रमा ५६ राष्ट्रका प्रमुख तथा सरकार प्रमुखले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । सो सत्रलाई सोमबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले विशेष सम्बोधन गरेका थिए भने ४७ राष्ट्र प्रमुख तथा सरकार प्रमुखले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
कोप–२७ आइतबारदेखि औपचारिक रुपमा सुरु भएको हो । इजिप्टको शार्म एल–शेखमा यही कात्तिक २० देखि सुरु भएको सम्मेलन आगामी मङ्सिर २ गतेसम्म चल्नेछ । ‘उच्चस्तरीय सत्र’सँगै अन्य विभिन्न विषयका वार्ता र छलफल नियमित भइरहेका छन् ।

सम्मेलनको विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ ९कोप २६० सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी र महत्वाकांक्षी परिणाम दिने लक्ष्य तथा उद्देश्य रहेको छ । साथै उत्सर्जन न्यूनीकरण, अनुकूलन प्रयासलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यमबाट विश्वव्यापी जलवायु कार्यलाई गति दिनेसमेत सम्मेलनको लक्ष्य कोपको सचिवालयले जनाएको छ ।

सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा कायम गर्ने मार्गमा विश्वका सबै राष्ट्र ऐक्यबद्ध हुने, यस वर्ष ग्लास्गो प्याक्टको कार्यान्वयन र राष्ट्रिय निर्धारित योगदान (एनडिसिज) र न्यूनीकरणका महत्वाकांक्षी लक्ष्यका कार्य योजना तयार गर्ने, अनुकूलनका विश्वव्यापी लक्ष्यमा सहमत हुने र कोप–२६ मा सहमत भएको अनुकूलन वित्तको कार्यान्वयन गर्नेबारे छलफल र निर्णय हुनेछन् ।

यसबाहेक कोप–२७ मा वित्तसम्बन्धी सबै एजेन्डा अगाडि बढाई जलवायु वित्तका विषयमा महन्वपूर्ण प्रगति गर्ने, सन्तुलितरूपमा ठोस नतिजा प्राप्त गर्न वार्तामा सम्झौतालाई सुधार र सहजीकरण गर्नु, हानि नोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र (सेन्टियागो नेटवर्क), हानि तथा नोक्सानी सुविधा सम्मेलनका एजेण्डा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x