Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बागमती प्रदेश सरकारले ११९ ओटा हस्तकला ग्राम बनाउने

बागमती प्रदेश सरकारले ११९ ओटा हस्तकला ग्राम बनाउने

काठमाडौं, २३ कात्तिक । बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ११९ वटा पालिकामा हस्तकला ग्राम स्थापना गर्ने भएको छ । हस्तकला व्यवसाय प्रवद्र्धन गर्न बागमती प्रदेशका ११९ वटा पालिकामा ग्राम स्थापना गर्न लागिएको हो । बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले हस्तकला ग्राम गराउने गरी नीति पास गरिसकेकाले चालू आवदेखि नै काम सुरु गरिने जानकारी दिए । हस्तकला व्यवसाय प्रवद्र्धन गरी आन्तरिक र बाह्य बजार विस्तार गर्न बागमती प्रदेशमा हस्तकला ग्राम स्थापना गर्न लागिएको उनले बताए ।

हस्तकलाका उत्पादन अन्तर्राष्ट्रिय बजारमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने हुँदा उत्पादनकर्ताको क्षमता वृद्धि गरी उद्यमशील बनाउन तालिमका कार्यक्रमसमेत सञ्चालन गर्न लागिएको मन्त्री श्रेष्ठले जानकारी दिए । बागमती प्रदेश सरकार, स्थानीय निकाय र उद्यमी मिलेर हस्तकला ग्राम स्थापना गर्न लागिएको हो ।

पछिल्लो तीन वर्षमा नेपालबाट १२ अर्ब रुपियाँ बराबरका हस्तकलाका सामान निर्यात भएका छन् । नेपाल हस्तकला महासङ्घका अनुसार आर्थिक वर्ष २०७८–७९ मा चार अर्ब ४० करोड ४४ लाख ८० हजार रुपियाँ बराबरको हस्तकलाका सामान निर्यात भएको थियो । त्यसअघि आव २०७७–७८ मा चार अर्ब ३३ करोड ५६ लाख ७४ हजार र आव २०७६–७७ मा तीन अर्ब ६४ करोड ११ लाख तीन हजार रुपियाँको निर्यात भएको महासङ्घको तथ्याङ्क छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x