मंसिर २३ देखि २७ सम्म १९औं हस्तकला व्यापार मेला हुँदै
काठमाडौं, २३ कात्तिक । नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर २३ देखि २७ गतेसम्म १९औं हस्तकला व्यापार मेला तथा १७औं कला प्रतियोगिताआयोजना हुने भएको छ । मेला काठमाडौंको बौद्धस्थित होटल ह्यातमा हुनेछ । मेला आयोजनामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रवर्धन केन्द्रको सहकार्य रहनेछ ।
हस्तकला व्यापार मेलासहित १७औं क्राफ्ट ट्रेड फेयर कम्पिटिशन समेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ । मेलामा नेपालसहित आधा दर्जनभन्दा बढी एशियाली मुलुकको सहभागिता रहने बताइएको छ ।
मेलाका प्रमुख आकर्षणहरूमा १७औं कला प्रतियोगिता, लाइभ प्रदर्शनी, बीटुबी एन्ड बीटुसी प्रोग्राम, वरिष्ठ कलाकारलाई सम्मान, ट्रेन्ड डिस्प्ले २०२२–२३, कला प्रदर्शन, सांस्कृतिक झाँकी, समेनार एन्ड वर्कशप लगायत रहेका छन् ।
मेलाले हस्तकलाका विक्रेता र क्रेतालाई कारोबारको महत्वपूर्ण अवसर प्रदान गर्ने बताइएको छ । मेलाको प्रवर्धकहरूमा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका रहेका छन् ।