Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने कार्यक्रम सम्पन्न

काठमाडौं, २३ कात्तिक । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने (कार्तिक १९ देखी २१ गते सम्म) “लिडर्स नाईट वीथ पारस खड्का कार्यक्रम काठमाडौं स्थित चन्द्रागिरी हिल्समा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ श्रावण महिनामा संचालन गरेको अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडर समेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासंग साक्षात्कार गराउने उद्देश्य सहित कार्यक्रम सम्पन्न गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका कम्पनीका ब्राण्ड एम्बेसडर पारस खड्काले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेका थिए ।

देशै भरीबाट उत्कृष्ठ व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब १०० जना वरिष्ठ अभिकर्ताकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपालका चर्चित मोटिभेसनल प्रशिक्षक सौरभ लोहनीले सेल्स मोटिभेसन तथा स्किल डेभलपमेण्ट सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

यसैगरी तोकिएको लक्ष्य पुरा गरी कार्यक्रममा सहभागि हुन सफल अभिकर्ताहरुको अथक परिश्रम र मेहनतको कदर गर्दै उनिहरुलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं कम्पनीका ब्राण्ड एम्बेसडर पारस खड्काले नेपाली क्रिकेट टिमलाई यो स्थानमा ल्याई पु¥याउन आफ्नो तर्फबाट गरेको मेहनत र संघर्ष साथै राष्ट्रिय टिमको नेतृत्व लिएपछि वहन गरेको जिम्मेवारीका बारेमा आफ्नो अनुभव जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागि अभिकर्ताहरुले पारस खड्काको उपस्थिति र अनुभव बाट आफूहरु उत्प्रेरित भएको र यस्बाट आफ्नो वृत्ति विकासमा सकरात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x