Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

सुनको मूल्य तोलामा १४ सय बढ्यो

सुनको मूल्य तोलामा १४ सय बढ्यो

काठमाडौं, २३ कात्तिक ।  सुनचाँदी बजारमा आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको छ। हिजो  प्रतितोला ९४ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९५ हजार चार सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार पाँच सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ पुगेको छ। महासंघले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *