Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

बैंक तथा वित्तीय संस्थाको ६६.७ प्रतिशत कर्जा घरजग्गा धितोमा

बैंक तथा वित्तीय संस्थाको ६६.७ प्रतिशत कर्जा घरजग्गा धितोमा

काठमाडौं, ६ मंसिर । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.७ प्रतिशत कर्जा घरजग्गाको धितोमा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले यस्तो देखाएको हो ।

केन्द्रीय बैंकका अनुसार १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ । २०७८ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.६ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९÷८० को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५।६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३।९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह १.७ प्रतिशतले र कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.८ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *