Date

बुध, चैत्र २६, २०८१
Wed, April 9, 2025

चार महिनामा ११ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता

चार महिनामा ११ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं, ६ मंसिर । चालू आर्थिक वर्षको पहिलो चार महिनामा ११ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष २०७९–८० को साउनदेखि कात्तिकसम्मममा ९५ परियोजनाका लागि ११ अर्ब ६ करोड २८ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो लगानी प्रतिबद्धता २४ अर्ब ८० करोड रुपैयाँ बराबरको थियो ।

सो अवधिमा उत्पादनमूलक उद्योग पाँच, पर्यटनमूलक उद्योग ३९, सेवामूलक उद्योग ४६, पूर्वाधारमा एक र सूचना प्रविधिमा आधारित उद्योग चारवटा छन् । यसमा ठूला उद्योग एक, मझौला उद्योग १९ र साना उद्योगको सङ्ख्या ७५ वटा छन् । ती परियोजना सञ्चालन भए पाँच हजार ८१५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।

विभागका अनुसार वैदेशिक लगानी प्रतिबद्धता जनाउनेमा सबैभन्दा बढी चिनियाँ लगानीकर्ता छन् । चिनियाँ लगानीकर्ताले सफ्टवेयर, होटल तथा रेस्टुरेन्ट, कार्गो क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बङ्गलादेशी लगानीकर्ताले कार्गो, गार्मेन्ट र विज्ञापन एजेन्सी क्षेत्रमा लगानी गर्नेछन् । सिङ्गापुरका लगानीकर्ताले निर्माण सेवा र कार्गोमा बढी लगानी गर्ने भएका छन् । यस्तै भारतीय लगानीकर्ताले आन्तरिक क्लियरेन्स डिपो सञ्चालन गर्ने विभागको तथ्याङ्क छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x