Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

प्रमुख आयुक्तसँग जापानी परराष्ट्रराज्यमन्त्रीको शिष्टाचार भेटवार्ता

प्रमुख आयुक्तसँग जापानी परराष्ट्रराज्यमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं, ५ मंसिर ।  जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका उनले निर्वाचन आयोगको कार्यालयमै पुगेर थपलियालाई भेटेका हुन्।

भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ । राज्यमन्त्री ताकेइले नेपालमा मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गरेका छन् भने प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरेका छन् ।

सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकासहितको उपस्थिति थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x