Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

स्मार्टच्वाइस टेक्नोलोजिज र सन्राइज बैंकबीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र सन्राइज बैंकबीच सम्झौता

काठमाडौं, ८ मंसिर । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड(SCT) र सन्राइज बैंक लिमिटेडवीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर (Smart QR) प्रयोगमा ल्याउन व्यवसायिक सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग दिलिप मैनालीले हस्ताक्षर गरेका छन् ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सनराइज बैंक लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप सनराइज स्मार्ट प्लस ( Sunrise Smart +) प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर (Smart QR )मार्फत गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x