Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

निर्वाचन प्रक्रिया परिपक्व बन्दै गएको पर्यवेक्षण संस्थाहरूको प्रारम्भिक प्रतिवेदनको निष्कर्ष

निर्वाचन प्रक्रिया परिपक्व बन्दै गएको पर्यवेक्षण संस्थाहरूको प्रारम्भिक प्रतिवेदनको निष्कर्ष

काठमाडौं, ९ मंसिर । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पर्यवेक्षण गरेका संस्थाहरूले निर्वाचन आयोगमा प्रारम्भिक प्रतिवेदन बुझाएका छन् । उक्त प्रतिवेदनले मुलुकको निर्वाचन प्रक्रिया परिपक्व बन्दै गएको देखाएको छ ।

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यस पटकको निर्वाचनले लोकतन्त्र सुदृढीकरणको अर्को चरणमा प्रवेश गरेको अनुभूत भएको बताए । गत बुधवार आम निर्वाचन पर्यवेक्षण समिति (जियोक), राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)) र दी एशियन नेटवर्क फर फ्री इलेक्सन (एनफ्रेल)द्वारा गरिएको पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनले राजनीतिक दल र उम्मेदवारबीच निर्वाचनको संस्कार स्थापित हुँदै गएको उल्लेख गरे ।

‘समयमै निर्वाचन भई सत्ता हस्तान्तरण हुनु लोकतन्त्र सुदृढ हुनु हो,’ उनले भने, ‘निर्वाचनको प्रक्रिया परिपक्वतातर्फ परिणत भएको छ, हामी चाहन्छौं आगामी दिनमा पर्यवेक्षणसमेत गर्न नपर्ने दिशातर्फ उन्मुख होस् ।’ नियोगका अध्यक्ष कपिल श्रेष्ठले निर्वाचनमा मतदाता परिपक्व र राजनीतिक दल एवं उम्मेदवारमा आचारसंहिता पालनामा सचेत र दृढ रहेको पाइएको बताए । ‘निर्वाचनको परिणाम उत्साहजनक र शिक्षाप्रद रहेको छ,’ उनले भने, ‘निर्वाचनमा आयोगको व्यवस्थापन प्रभावकारी रहेको देखियो ।’

जियोकका महासचिव कृष्णमान प्रधानले आमरूपमा निर्वाचन स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा भएको बताए । ‘यो निर्वाचनलाई धेरै हदसम्म सन्तोषजनक र सकारात्मक रूपमा लिएका छौं । निर्वाचनले हाम्रो लोकतान्त्रिक व्यवस्थालाई थप परिपक्व, सुदृढ, सबल र गतिशील बनाउन योगदान पुर्‍याउनेछ,’ उनले भने ।

एनफ्रेलले निर्वाचन सुरक्षा, चुनावी वातावरण, मतदाताको पहुँच, सहभागितामूलक मतदान केन्द्र, मतदाता शिक्षा र मतगणना कार्यले स्वच्छ एवं स्वतन्त्र निर्वाचनको झल्को दिएको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x