Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मौद्रिक नीतिको समीक्षाबाट रुष्ट निजी क्षेत्र, मुलुक गम्भिर दुर्घटनामा जाने महासंघकाे चेतावानी

मौद्रिक नीतिको समीक्षाबाट रुष्ट निजी क्षेत्र, मुलुक गम्भिर दुर्घटनामा जाने महासंघकाे चेतावानी

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघले अहिले अर्थतन्त्रमा वहुआयामिक असर परेकाे भन्दै मौद्रिक नीतिको त्रैमासिक समीक्षाले अर्थतन्त्रका मुलभूत समस्या सम्बोधन गर्न नसक्ने बताएकाे छ

केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको त्रैमासिक समीक्षाबारे टिप्पणी गर्दै महासंघका अध्यक्ष  शेखर गोल्छाले स्प्रेडदर घटाएर मात्र ब्याजदरको समस्या समाधान हुन नसकेको बताएका हुन् । मंगलबार एक पत्रकार सम्मेलनकाे आयोजना गर्दै उनले जबसम्म बैंक वित्तिय संस्थाको आधार दर घटदैन, तबसम्म ब्याजदर नघट्ने बताएका हुन् ।

अध्यक्ष गोल्छाले ब्याजदर नघट्ने हो भने अर्थतन्त्र जोगाउन कठिन हुने भएकाले तत्काल बजारमा तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने उपाय सरकार र केन्द्रिय बैंक दुवैले पहिल्याउनु पर्ने बताए ।

उनले भने, अर्थतन्त्रमा अहिले वहुआयामिक असर परेको छ । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा सरकार पुगेको छ। मुल्यवृद्धि ६ बर्षयताकै उच्च छ । निजी क्षेत्र संकुचित हुदै गएको छ । वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले पनि विद्यमान समस्या सम्बोधन गर्न सकेन ।’

महासंघले ‘अर्थतन्त्र जोगाऔं’ भन्ने नारासहित सञ्चालन गरेको कार्यक्रममा अहिले सरकार, सर्वसाधारण र निजी क्षेत्र सबै नकारात्मक रुपमा प्रभावित भएको र यो अर्थतन्त्रमा निराशाको अवस्था भएको उल्लेख गरेको छ ।

अझै सचेत नभए मुलुक गम्भिर दुर्घटनामा जान सक्ने भन्दै महसंघले नेपाली अर्थतन्त्रले अब कुनै पनि प्रकारकाे राजनीतिक एवं नीतिगत अस्थिरता थेग्न नसक्ने बताएकाे हाे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x