४ महिनामा ९७ अर्बभन्दा बढीको कृषि वस्तु आयात
काठमाडौं, १५ मंसिर । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा ९७ अर्ब १९ करोड रुपैयाँ बराबरको कृषिवस्तुको आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव २४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा १ खर्ब ४५ अर्ब ५८ करोड रुपैयाँको कृषिजन्य वस्तुको आयात भएको थियो ।
र महिनाको अवधिमा भटमास आयात ३२ दशमलव ८० प्रतिशत घटेर १८ अर्ब ३० करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष सो अवधिमा २७ अर्ब २३ करोड रुपियाँको भटमास आयात भएको थियो । यस्तै पाम तेलको कच्चा पदार्थ आयात ३२ दशमलव ८६ प्रतिशतले घटेर १२ अर्ब ८७ करोड रुपैयाँको भएको छ । अघिल्लो वर्ष सो अवधिमा १९ अर्ब १८ करोड रुपैयाँको आयात भएको थियो । यस्तै ३२ दशमलव ४८ प्रतिशतले घटेर सनफ्लावर तेलको कच्चा पदार्थ आयात चार अर्ब ९१ करोड रुपैयाँको भएको छ ।