विदेशबाट नेपालीहरूले पठाउने रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह बढेकाे छ : खिलेन्द्र पाैडेल
काठमाडौं, १६ मंसिर । विदेशबाट नेपालीहरूले पठाउने रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह बढ्दो क्रममा रहेको केन्द्रीय ब्याङ्कको तथ्याङ्कले देखाएको छ । बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा २ खर्ब ३९ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको थियो भने चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा २ खर्ब ८१ अर्ब ५ करोड भित्रिएको छ, जुन १६.८ प्रतिशतले बढी हो ।