१६. ६१ अंकले घट्याे शेयर बजार, कारोबार रकममा भने वृद्धि
काठमाडौं, २१ मंसिर । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ दोहोरो अंकले घटेको छ । आज नेप्से १६. ६१ अंकले घटेर एक हजार ९ सय १७ दशमलब २८ विन्दुमा पुगेर बन्द भएकाे हाे । हिजाे मंगलबार नेप्से ४.८७ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब ८८ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको करोबार भएको छ । मंगलबार नेप्सेमा ९६ करोड ५२ लाख रुपैयाँ बराबरको करोबार भएको थियो ।
कारोबारमा आएका कम्पनीहरुमध्ये ३७ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.९ प्रतिशतले बढेर प्रतिकित्ता ४४०.५० रुपैयाँ पुगेको छ ।