Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

१६. ६१ अंकले घट्याे शेयर बजार, कारोबार रकममा भने वृद्धि

१६. ६१ अंकले घट्याे शेयर बजार, कारोबार रकममा भने वृद्धि

काठमाडौं, २१ मंसिर । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ दोहोरो अंकले घटेको छ । आज नेप्से १६. ६१ अंकले घटेर एक हजार ९ सय १७ दशमलब २८ विन्दुमा पुगेर बन्द भएकाे हाे । हिजाे मंगलबार नेप्से ४.८७ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब ८८ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको करोबार भएको छ । मंगलबार नेप्सेमा ९६ करोड ५२ लाख रुपैयाँ बराबरको करोबार भएको थियो ।

कारोबारमा आएका कम्पनीहरुमध्ये ३७ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १५९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ। आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.९ प्रतिशतले बढेर प्रतिकित्ता ४४०.५० रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x