पर्यटकका लागि इ-बस सञ्चालनमा ल्याउँदै ललितपुर महानगर
काठमाडाैं, २८ मंसिर । ललितपुर महानगरपालिकाका मेयर चीरीबाबु महर्जनले ललितपुर महानगर क्षेत्रभित्र पर्यटककलाई केन्द्रबिन्दुमा राखेर इ-बस चलाउने निर्णय गरेर अगाडी बढेकाे बताए । यर्यटकहरू ललितपुर क्षाेत्रमा आउँदा मनग्य समय बिताउन भनेर ललितपुर क्षेत्रमा इ-बसकाे व्यवस्था गर्न लागेकाे बताएका ह्रन् ।
ललितपुर महानगर क्षेत्रभित्र पर्यटककलाइ केन्द्रबिन्दुमा राखेर इ-बस चलाउने निर्णय गरेर अगाडी बढेका छाैं । गत दशैमा नै इ-बसकाे चलाउने उदेश्य बनाएकाे भएपनि अहिले सम्म सफल नभएकाे बताउँदै उनले चार वटा मध्यये २ वटा इ-बस बाेडरमा आइपुगेकाे जानकारी दिए ।
उनले भने, ‘यर्यटकहरू ललितपुर क्षाेत्रमा आउँदा १ दिन समय बिताउनु हुँदाे रैछ तर हामीले चाँही ति पर्यटकहरूलाइ ललितपुरमा प्रवेश गर्नासाथ पर्यटन शुल्क तिर्नासाथ टिकटमा ७२ घण्टाकाे भ्यालि बस टिकट पनि हस्तान्तरण गर्छाैं । र त्याे टिकट लिसकेपछि ललितपुरमा घुम्न सक्नु हुनेछ ।’
यस्तै उनले ललितपुर महानगर क्षेत्रमा पर्यटकहरूकाे बसाइ छाेट्टीएकाे कारणले हस्तकलाका सामानले राम्राे मार्केट नपाएकाे बताए । उनले भने, ‘निर्यात गर्नेहरूले मनग्य निर्यात गरिरहेका छन् । तर पाटनमा अवलाेकन गर्न आउने पर्यटकहरूले त्यति धेरै खरिद गर्ने माैका पाएकाे छैन भन्ने गुनासाे छ त्याे कुरालाइ सम्बाेधन गरेर हामीले ललितपुर क्षेत्रमा इ-बसकाे व्यवस्था गर्दै छाैं ।’
ललितपुरमा हस्तकला विकास तथा विस्तारका लागि काेसेली घर स्थापना गरेकाे समेत मेयर महर्जनले बताएका छन् । यसका लागि महानगरपालिकाले हस्तकला संघ ललितपुरसँग सहकार्य गरेर अगाडी बढ्ने उनले बताए । ‘महानगरपालिकाका जनप्रतिनिधीहरूसँग हस्तकला उत्पादन सम्बन्धी अनुभव छैन, उनले भने त्यसैले हामीले याे काम गर्न हस्तकला संघ ललितपुरसँग सहकार्य गरेर अगाडी बढ्दै छाैं ।’