Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ग्लोबल आइएमई र बीओकेद्वारा मर्जरको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष संयुक्त निवेदन पेश

ग्लोबल आइएमई र बीओकेद्वारा मर्जरको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष संयुक्त निवेदन पेश

काठमाडाैं, २८ मंसिर । बुधबार नेपाल राष्ट्र बैंक समक्ष बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि संयुक्त निवेदन पेश गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेश गरेका हुन् ।

कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यस अघि ग्लोबल आइएमई र बीओकेबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कार्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो । मर्जरको निम्ति शेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । उक्त अनुमोदनलाई दुबै बैंकले मंसिर २३ गते दुवै बैंकका साधारण सभाबाट समेत पारित गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x