Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

३६ वर्षपछि विश्वकप फुटबलकाे उपाधि अर्जेन्टिनालाई

३६ वर्षपछि विश्वकप फुटबलकाे उपाधि अर्जेन्टिनालाई

काठमाडौं, ४ पुष । फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो ।

निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि जिताउन कप्तान लिओनेल मेसीले उत्कृष्ट प्रदर्शन गरे । अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो। अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो।

यस्तै फ्रान्सका मुख्य फरवर्ड केलियन एम्बाप्पेले अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका छन्। फाइनलमा एम्वाप्पेले खेलको ११८ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन्।

एम्बाप्पेले अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरे पनि फ्रान्स भने लगातार दोस्रो पटक उपाधि जित्न बन्चित बनेको छ। फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x