Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

आफ्नै डिजिटल करेन्सी बनाउने राष्ट्र बैंककाे तयारी

आफ्नै डिजिटल करेन्सी बनाउने राष्ट्र बैंककाे तयारी

काठमाडौं, ४ पुष । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी बनाउने तयारी गरेकाे बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले छिमेकी देशले आफ्नै डिजिटल करेन्सी अगाडि सारेको र भारतको अभ्यास हेरेर राष्ट्र बैंकले पनि डिजिटल करेन्सीको विषयमा सोच बनाएको जानकारी दिएका हुन् ।

‘अब डिजिटल करेन्सीको विकल्प छैन, हामी सकारात्मक छौँ । भारतले राम्रो काम गरिरहेको छ। बंगलादेशले पनि सफलता पाइसकेको छ । अब हामीले पनि यस विषयमा सोच्नु पर्छ’, उनले भने ।

यस्तै उनले राष्ट्र बैंकको नीतिकै कारणले धेरै नेपालीले बिटक्वाइन तथा क्रिप्टोकरेन्सीमा लगानी नगरेर धेरैको पैसा बचेको बताए । ‘एक समय बिटक्वाइन तथा क्रिप्टोकरेन्सीको मूल्य धेरै बढ्यो । त्यस्ता अदृश्य करेन्सीहरूमा धेरैले लगानी गर्ने रुचि पनि राखेका थिए । नेपालमा पनि कानुनी मान्यता दिनुपर्छ भन्ने आवाज उठाए,’ उनले भने, ‘तर, हामीले गैरकानुनी क्षेत्रमा लगानी गर्नु हुँदैन भनेर पटक–पटक सर्वसाधारणलाई सजग गरायौँ । अहिले बिटक्वाइनको मूल्य धेरै घटेको छ । त्यतिखेर लगानी गरेको भए धेरै नेपालीको लगानी डुब्थ्यो ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x