Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अर्थतन्त्रको पुनरुत्थान मेराे पहिलो प्राथमिकता: प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्रको पुनरुत्थान मेराे पहिलो प्राथमिकता: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, १२ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुबीच औपचारिक भेटवार्ता भएकाे छ ।
मंगलबार बिहान भएकाे भेटवार्तामा नवनियुक्त प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । प्रधानमन्त्रीले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णयसमेत भैसकेको जानकारी गराएका छन् । प्रधानमन्त्रीले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि बताएको महासंघले जानाएकाे छ।
प्रचण्डको निजी निवासमा भएको भेटमा अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालु पुँजी कर्जा मार्गनिर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न सुुझाव दिएका छन् । साथै, हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव पनि राखेका छन् ।
यतिबेला अन्य कुरा भन्दा पनि मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिएका छन् । अर्थतन्त्रमा वहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठीन अवस्थामा पुुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाको गोल्छाले बताए ।
अध्यक्ष गोल्छाले प्रधानमन्त्रीबाट अर्थतन्त्रको संवेदनशीलता बुुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताएका छन् । राजस्वले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्र नै अहिले संकुचित हुँदै गएको यथार्थताका बारेमा गोल्छाले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

यता, प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको समस्यालाई सरकारले गम्भीर रुपमा लिने उल्लेख गरेका छन् । प्रधानमन्त्रीले महासंघकातर्फबाट यसअघि दिइएको सुुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास दिलाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x