Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

५ महिनामा २० अर्बभन्दा बढीको मुख्य खाद्यान्न आयात

५ महिनामा २० अर्बभन्दा बढीको मुख्य खाद्यान्न आयात

काठमाडौं, १२ पुस । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालमा २० अर्बभन्दा बढीको मुख्य खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार गत साउनदेखि मंसिर मसान्तसम्ममा २० अर्ब ३१ करोड १७ लाख रुपैयाँ बराबरको धान, मकै, गहुँ, चामल, जौ र कोदो आयात भएको हो, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको पहिलो ५ महिनामा ३३ अर्ब ९४ करोड २७ लाख रुपैयाँ बराबरको मुख्य खाद्यान्न आयात भएको थियो । भारतले धान र गहुँको आयातमा प्रतिबन्ध लगाएका कारण आयात कमी आएको हो । सो अवधिमा सबैभन्दा धेरै चामल आयात भएको छ । सो अवधिमा ७ अर्ब २९ करोड ४० लाख रुपैयाँ बराबरको चामल आयात भएको छ । यस्तै ७ अर्ब २५ करोड ३० लाख रुपैयाँको मकै, ६५ करोड ७३ लाख रुपैयाँको गहुँ, ५९ करोड ९ लाख रुपैयाँको धान र १ करोड १५ लाख रुपैयाँको कोदो आयात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x