मर्जर-प्राप्तिपछि वाणिज्य बैंकहरूकाे संख्या २१ पुग्ने, सबैभन्दा ठूलाे बैंक ग्लाेबल आईएमई बन्दै
मानमती पाण्डेय
काठमाडाैं, १९ पुस । नेपाल राष्ट्र बैंकले बैंकहरूको संख्या घटाउने उद्देश्यले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मर्जर र प्राप्ति अवधारणा अघि सारेसँगै विभिन्न वाणिज्य बैंकहरूले यस कार्यलाइ तिब्रता दिँदै आइरहेका छन् ।
यसै क्रममा केहि महिना अघि नबिल बैंकले नेपाल बङ्लादेश ‘एनबी’ बैंकलाई प्राप्ति गरि नबिल बैंकको नामबाट बैंकिङ कारोबार शुरु गरिसकेको छ । जसमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल प्रमुख कार्यकारी अघिकृत ज्ञानेन्द्र ढुङ्गानाले कार्य सम्हाल्दै आएका छन् । प्राप्ति पछि बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड पुगेको छ ।
यसैगरी चालु आर्थिक वर्षको दाेस्राे त्रैमासमा अर्थात पुस महिनाभित्र संयुक्त कारोबार गरि थप वाणिज्य बैंकहरू पनि यस मर्जर प्रक्रियामा जुटेका छन् । यसै क्रममा गत सातादेखि नेपाल क्रेडिट एण्ड कमर्सियल ‘एनसिसि’ बैंक र कुमारी बैंकले संयुक्त कारोबार शुरू गरिसकेका छन् । मर्जरपछि एनसिसि बैंकका सीईओ रमेशराज अर्याल र अध्यक्ष कुमारी बैंकका अमिर राणा रहेका छन् । १ः१ अनुपातमा मर्ज भएका यी दुई बैंकको मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २५ अर्ब ८५ करोड पुगेको छ ।
यस्तै पुस अन्तिम सातामा ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडु संयुक्त कारोबार गर्ने भएका छन् । ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू १स्१ को अनुपातमा मर्जरमा गएका हुन्। बैंकको साधारणसभाबाट पारित गरिएको ‘ग्लोबल आईएमई बीओके लिमिटेड’ नाम परिवर्तन गरि ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार शुरु गर्ने भएका छन् । बैंकको अध्यक्षमा चन्द्र ढकाल र सिइओमा रत्नराज बज्राचार्य रहनेछन् भने मर्जरपछि बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड पुग्ने छ ।
यसै गरि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि स्विकृति दिइसकेको छ । मर्जर पछि सो बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे र अध्यक्षमा पृथ्वीबहादुर पाण्डे रहनेछन्। हाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको १६ अर्ब १२ करोड रहेको छ। मर्जरपछि बन्ने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको चुक्तापुँजी ३४ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ।
यस्तै प्रभु र सेन्चुरी बैंकले पनि अन्तिम स्विकृतिका लागि राष्ट्र बैंकमा पठाइएको छ । दुबैं बैंकले १स्१ अनुपातमा मर्जरमा जान सम्झौता गरेका हुन् । मर्जरपश्चात प्रभु बैंकको नाममा एकीकृत कारोबार हुनेछ। हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेन्चुरी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ छ। १००५ को स्वापमा मर्जर हुँदा प्रभु बैंक लिमिटेडको चुक्ता पुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।
यस्तै हिमालयन र सिभिल बैंकबीच पनि मर्जर सहमति जुटेको छ । गाभिने सहमति भएसँगै दुबै बैंकले सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छन् । मर्जरपछि बैंकको नाम हिमालयन नै रहने र सञ्चालक समितिमा पनि अहिलेको हिमालयन बैंकको नै रहनेछ । मर्जर पछि बैंकका सीईओमा हिमालयन बैंकको अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकको सुनिल कुमार पोख्रेल रहने सहमति भएको छ । यसको अन्तिम सहमतिको लागि यहि पौस २७ गते हुने दुबै बैंकहरूको साधारण सभाबाट विशेष प्रस्ताव स्विकृत गरि अन्तिम स्विकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइने छ । हाल हिमालयनको चुक्ता पूँजी १२ अर्ब ९६ करोड रुपैयाँ र सिभिल बैंकको ९ अर्ब ७ करोड रुपैयाँ रहेको छ । मर्जरपछि यिनिहरूको चुक्ता पूँजी २० अर्ब ८१ करोड पुग्नेछ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूकाे संख्या घटाउने उदेश्यले ल्याएकाे याे मर्जर र प्राप्ति नीतिबाट पुस अन्तिम सातासम्म आइपुग्दा वाणिज्य बैंककाे संख्या लगभग २१ रहने अनुमान गरिएकाे छ । हाल सम्म चुक्ता पूँजी बढी भएकाे बैंक ग्लाेबल आइएमइ बन्ने छ ।