Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

‘मौसमी कामदार व्यवस्था निर्देशिका, २०७९’ कार्यान्वयनमा

‘मौसमी कामदार व्यवस्था निर्देशिका, २०७९’ कार्यान्वयनमा

काठमाडौं, १९ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘मौसमी कामदार व्यवस्था निर्देशिका, २०७९’ कार्यान्वयनमा ल्याएको छ । यससँगै अब मौसमी कामदार पनि वैधानिक रूपमा वैदेशिक रोजगारीमा जान पाउने भएका छन् ।

यसअघि बेलायतलगायत मुलुकमा मौसमी कामदारको रूपमा धेरै नेपाली जाने गरे पनि उनीहरूलाई सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सूचीमा राखेको थिएन । यसरी विदेश जाँदा अप्ठ्यारोमा पर्ने कामदारले सरकारी सुविधा पनि पाउने गरेका थिएनन् ।

मन्त्रालयले ‘मौसमी कामदार व्यवस्था निर्देशिका, २०७९’ जारी गरेर वैदेशिक रोजगारीमा जाने कामदारलाई यस्तो सुविधा दिने व्यवस्था गरेको हो । यसअघि छोटो समयका लागि वैदेशिक रोजगारीमा जाने कामदारलाई सरकारले अलेखबद्ध मान्दै आएको थियो ।

नयाँ व्यवस्था अनुसार छोटो समयमा मौसमी कामदारको रूपमा विदेश जानेलाई श्रम स्वीकृति दिइनेछ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा विदेशमा मृत्यु भएमा म्यादी जीवन बीमाबाहेक वैदेशिक रोजगार बोर्डले ७ लाख रुपैयाँ परिवारलाई उपलब्ध गराउँछ । त्यस्तै म्यादी बीमाबापत बीमा कम्पनीहरूले करीब १४ लाख रुपैयाँ प्रदान गर्छन् । श्रम स्वीकृति लिएर विदेश जानेको हकमा म्यादी बीमा अनिवार्य छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x