आयातका लागि नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाउने राष्ट्र बैंक निर्णय स्वागत याेग्य: समुद्रपार निकासी पैठारी संघ
काठमाडौं, ६ माघ । नेपाल समुद्रपार निकासी पैठारी संघले राष्ट्र बैंकले आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा नै नगद मार्जिन बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था हटाउने निर्णयकाे स्वागत गरेकाे छ ।
१३ सय वस्तु आयातको लागि एलसी खोल्दा ५० र शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले व्यवसायको लागत बढाइ आर्थिक क्रियाकलाप नै खुम्चाई दिएको थियो । जसको परीणाम स्वरुप सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । नगद मार्जिन खारेजीले व्यवसायको लागत घटाउने र आर्थिक क्रियाकलाप बढाउने अपेक्षा यस संघले गरेको छ ।
त्यसैगरी आयातको भुक्तानी टिटि, डिडि, डिएपी र डिएएजस्ता माध्यबाट समेत गर्न पाउने प्रावधानले व्यापार सहजीकरण तथा लागत कटौतीमा योगदान गर्ने यस संघको अपेक्षा रहेको छ ।