बाढीले पूर्वी तराईको जनजीवन प्रभावित, ठूलो धनजनको क्षति
काठमाडौं, साउन २९ । अविरल वर्षापछिको बाढीका कारण पूर्वी तराईको जनजीवन कष्टकर बनेको छ । बाढीका कारण पूर्वको मोरङ, सुनसरी, झापा, मध्य तराईको जनकपुर लगायतका ठाउँमा हजारौंको संख्यामा मानिसहरु विस्थापित भएका छन् । बाढी पहिरोबाट झापामा ४, मोरंङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १…