Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपालमा ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै

नेपालमा ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै

काठमाडौं, १२ माघ । उपप्धानमन्त्री तथा अथर्मन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई अनियमितताको प्रयास नगर्न आग्रह गरेका छन् । ७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बोल्दै अर्थमन्त्री पाैडेलले राजस्वको अवस्था निकै नाजुक भएकाले निजी क्षेत्रले अनियमितता गर्नु नहुने बताएका हुन्।

‘‘राजस्वको अवस्था निकै नाजुक छ। आजैका दिनबाट राजस्वमा सुधार हुनेगरी काम गर्न अनुरोध गर्छु। निजी क्षेत्रलाई दुस्ख दिने काम नगर्नुस्,’ मन्त्री पौडेलले भने।

कुनै पनि स्थानका भन्सारका कर्मचारीले दुख दिए आफूलाई जानकारी दिन आग्रह गर्दै राम्रा गर्ने कर्मचारीलाई संरक्षण गर्ने र नराम्रो गर्ने कर्मचारीलाई कारबाही गर्न सरकार सधैँ तयार रहेकाे उनले बताए ।

यस्तै कार्यक्रममा अर्थ सचिव ताेयाम रायाले उद्याेगी व्यवसायीलाई जिम्मेवार जवाफदेहि ढङ्गले काम गर्न आग्रह गरे । भन्सार सम्बन्धी नियम प्रकृयाहरू प्रकृयाहरू पूर्ण रूपमा पालना गरी अगाडी बढ्नु पर्ने बताए । यस्तै भन्सार जाचपासमा अझैँ सुधारकाे खाँचाे रहेकाे बताउँदै अर्थ सचिव रायाले सिस्टमलाई व्यवस्थित गर्नुपर्ने खाँचाे समेत औंल्याए ।

यस्तै उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अझै पनि आयात निर्यात व्यवसायमा कठिनाइ भोग्नु परेको बताए । आयात निर्यातमा देखिएकाे समस्या समाधानकाे लागि ठुलठुला भन्सार नाकाहरूमा क्वारेन्टिन ल्याब स्थापना गर्नु पर्ने बताए । यसका लागि सम्बन्धित सरकारी निकाय, उद्यागी व्यवसायी, राजनीतिक नेतृत्व, निजी क्षेत्र सँगै बसेर काम गर्न  आवस्यक रहेकाे उनले बताए ।

यस्तै अझै पनि सबै मानिसहरू करकाे दायरामा नआएकाे भन्दै करकाे दायरा ब्यापक रूपमा बढाउन नागरीकता वितरणासँगै प्यान अनिवार्य गरी गाउँ गाउँ जिल्ला जिल्लामा यसलाई चाँडाे लागु गर्नुपर्ने बताए ।

यस्तै भन्सार विभागका महा निर्देशक चक्र बहादुर बुढाले भन्सार प्रशासनलाई व्यवस्थित गर्न अवैध आयात व्यापारलाई नियन्त्रण गर्ने गरी काम गरीरहेकाे बताए । यसका लागि केन्द्रदेखि स्थानीय स्तरका सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरीरहेकाे बताए ।

यस्तै उनले लक्षय अनुसार राजस्व उठाउन संशाेधित कार्ययाेजना बनाइ त्यसै अनुरूप छलफल र अन्तरर्क्रिया भइरहेकाे बताए । उनले चुहावट नियन्त्रणका लागि अनुगमन प्रभावकारी बनाउँदै केन्द्रदेखि कार्यस्थल सम्म समन्वयकाे काम गरीरहेकाे बताए ।

यस्तै उनले भन्सार प्रशासन र व्यवस्थालाई व्यवस्थित गर्न भन्सार विधयक आवस्यक रहेकाे बताउँदै उक्त विधयक पारीत हुँदा कार्य सम्पादनमा सहजता आउने बताए ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x