Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एशियन पेन्ट्सको नयाँ उत्पादन ‘स्मार्टकेयर हाइड्रोलक’ बजारमा

एशियन पेन्ट्सको नयाँ उत्पादन ‘स्मार्टकेयर हाइड्रोलक’ बजारमा

काठमाडौं, २४ माघ । एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन ‘स्मार्टकेयर हाइड्रोलक’ बजारमा आएको छ । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया)को समाधानको आवश्यकता बुझ्दै कम्पनीले ग्राहकका लागि बजारमा स्मार्टकेयर हाइड्रोलक ल्याएको बताएको छ ।

यो एक पेनिट्रेटिभ वाटरप्रुफिङ समाधान भएको र यसले वाटरप्रुपिङ तथा नुनियाविरुद्ध तीन वर्षसम्मको आकर्षक वारेन्टी दिने कम्पनीको भनाइ छ । यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिने कम्पनीले बताएको छ ।

‘हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउँछ, जसले गर्दा यसलाई वाटरप्रुफिङको च्याम्पियनको रूपमा स्थापित गरेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x