Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

‘क्यान इन्फो-टेक २०२३’ शुरू, नेपाली प्रविधिलाई प्राथमिकता दिन माग (भिडियाे सामग्री)

‘क्यान इन्फो-टेक २०२३’ शुरू, नेपाली प्रविधिलाई प्राथमिकता दिन माग (भिडियाे सामग्री)

काठमाडाैं, २४ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले आईटी क्षेत्रलाई प्राथमिकतामा नराख्दा यहाँका दक्ष जनशक्ति विदेश पलायन भइरहेको बताएन् । मंगलबार ‘इन्फोडेभेलपर्स क्यान इन्फो-टेक २०२३’ मेलाको उद्घाटनका क्रममा बोल्दै मन्त्री शर्माले आईटी क्षेत्रका दक्ष जनशक्ति विदेश पलायन भएकाले विदेशीहरूबाट सेवा लिनुपर्दा सुरक्षामा चुनौति भएको बताएकी हुन् ।

‘यसले गर्दा हाम्रा डेटा सेन्टर र प्रविधिको काम गर्ने निकायको सुरक्षाको मुल साँचो हामीसँग छैन । मुल साँचो नै आफूसँग नहुँदा हामीले कसरी राष्ट्रियता बचाउन सक्छौँ उनले भनिन्, ‘मन्त्रालयहरूमा इन्स्टल भएका सफ्टवेयरहरूको डेटा कहाँ जान्छ, त्यसको प्रयोग कसरी भइरहेको छ भन्नेबारे खोजी गर्न आवश्यक छ ।’

आईटी क्षेत्रमा स-साना कुरालाई समेत ध्यान नदिँदा अर्बौं राजश्व गुम्ने र पर्याप्त ध्यान दिए अर्बौं सम्पत्ति जोगिन सक्ने भएकाले यसमा आफू गम्भिर हुने उनले बताइन् । निजी र सरकारी क्षेत्र मिलेर आईटी कम्पनी बनाउनेबारे थप छलफल गर्न आफू तयार रहेको पनि उनको भनाइ छ ।

यस्तै उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताए।नेपाल टेक्नोलोजी तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढिसकेको भएपनि सरकारले नेपाली इन्जिनियरहरुले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको उनकाे भनाइ छ ।

नेपालमा टेक्नोलोजी उत्पादन गर्ने प्राविधिकहरु कमी नभएको भन्दै उनले नेपाले टक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँगपनि प्रतिष्पर्धा गर्नसक्ने अवस्था रहेको बताए । आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति अनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यकता औंल्याए ।सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनैपनि क्षेत्रको विकास हुन सम्भव नरहेको उनकाे भनाइ छ ।

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजनामा २८ औ‌ं क्यान इन्फोटेक २०२३ आजबाट सुरु भएको छ । याे मेला आइतबारसम्म चल्नेछ ।याे मेला  सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो पनि हुने विश्वास आयोजकले लिएको छ ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ (स्टुडेन्ट पेभिलियन), कलेज पेभिलियन, स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ । यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिएको छ ।

साथै क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुनेछ ।

क्यान इन्फोटेकको अवलोकनका लागि सर्वसाधारणलाई रु. १०० र विद्यार्थीलाई रु. ५० शुल्क निर्धारण गरिएको छ ।

भिडियाे सामग्रीकाे लिंक:

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x