Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

१२.४३ अंकले बढ्याे नेप्से परिसूचक, काराेबार रकममा भने गिरावट

१२.४३ अंकले बढ्याे नेप्से परिसूचक, काराेबार रकममा भने गिरावट

काठमाडाैं, २६ माघ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से १२.४३ अंकले बढेर दुई हजार एक सय ८२ दशमलव ६१ विन्दुमा बन्द भएको हो ।

नेप्से परिसूचक बढेपनि आज कारोबार रकममा भने गिरावट आएको छ । आज २५७ कम्पनीकाे ५६ लाख ४८ हजार २१२ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ६ करोड २० लाख बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १५२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५८ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज बलेफी हाइड्रोपावर कम्पनीको शेयुमूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेकाे छ भने नबिल ब्यालेन्स फण्ड–३ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x