१२.४३ अंकले बढ्याे नेप्से परिसूचक, काराेबार रकममा भने गिरावट
काठमाडाैं, २६ माघ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से १२.४३ अंकले बढेर दुई हजार एक सय ८२ दशमलव ६१ विन्दुमा बन्द भएको हो ।
नेप्से परिसूचक बढेपनि आज कारोबार रकममा भने गिरावट आएको छ । आज २५७ कम्पनीकाे ५६ लाख ४८ हजार २१२ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ६ करोड २० लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १५२ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ५८ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज बलेफी हाइड्रोपावर कम्पनीको शेयुमूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेकाे छ भने नबिल ब्यालेन्स फण्ड–३ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।