Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल–भारतका परराष्ट्र सचिवस्तरीय बैठकमा महत्वपूर्ण छलफल

नेपाल–भारतका परराष्ट्र सचिवस्तरीय बैठकमा महत्वपूर्ण छलफल

काठमाडौं, २ फागुन । परराष्ट्र सचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी विनयमोहन क्वात्राबीच सोमवार भएको द्विपक्षीय भेटवार्तामा महत्वपूर्ण छलफल भएको छ । भेटका क्रममा दुई परराष्ट्र सचिवले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा कनेक्टिभिटी, व्यापार तथा पारवहन, विद्युत् क्षेत्रमा सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य क्षेत्र र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा दुवै पक्षले रेलमार्ग, प्रसारण लाइन, पुल र आईसीपीजस्ता कनेक्टिभिटी परियोजनाहरूमा भएको प्रगतिको सन्तोषजनक समीक्षा गरेका थिए । नेपालका परराष्ट्र सचिव पौड्यालले रासायनिक मलको आपूर्ति, खाद्यान्न निर्यातको प्रतिबन्ध खुकुलो पार्ने र डायलासिस मेसिन उपलब्ध गराएकामा भारत सरकारलाई धन्यवाद दिएका थिए ।

दुवै पक्षले पारवहन सन्धिको नवीकरण, व्यापार सन्धिको समीक्षा र व्यापारसम्बन्धी अन्तर–सरकारी समिति (आईजीसी) चाँडै नै बोलाउने विषयमा छलफल गरेका थिए । बैठकमा विनिमय बजारका सबै उत्पादनको उपयोग गरी दीर्घकालीन आधारमा नेपालबाट भारतमा विद्युत् निर्यात गर्न दिने प्रतिबद्धता व्यक्त गरिएको थियो । दुबै पक्षबीच सीमापार प्रसारण लाइनको प्राविधिक स्तरोन्नति र प्रस्तावित चार प्रसारण लाइन आयोजनाको प्रारम्भिक स्वीकृतिबारे पनि छलफल भएको थियो ।

परराष्ट्र सचिव पौड्यालले थप हवाई प्रवेश मार्गका साथै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकको सीमा उडान गर्न चाँडो सहमतिका लागि नेपाल सरकारको आग्रह दोहो¥याएका थिए । दुई परराष्ट्र सचिवबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा उनहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत बाँकी रहेका खण्डहरूमा सीमा नाकाको काम पूरा गर्ने विषयमा विचार आदानप्रदान गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुले दुई देशका विदेश सेवा प्रज्ञा प्रतिष्ठानबीचको एमओयूलाई अन्तिम रूप दिन पनि सहमति जनाएका छन् । दुई छिमेकीबीचको घनिष्ठ र बहुआयामिक सम्बन्धलाई झल्काउने मित्रता र सौहार्दपूर्ण वातावरणमा उक्त भेटवार्ता भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x