Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

ल्हाेत्से मलमा भएको मोबाइल पसल लुटपाट र तोडफोडकाे घटना प्रति उद्योग वाणिज्य संघकाे ध्यानाकर्षण

ल्हाेत्से मलमा भएको मोबाइल पसल लुटपाट र तोडफोडकाे घटना प्रति उद्योग वाणिज्य संघकाे ध्यानाकर्षण

काठमाडाैं, ४ माघ । गत फाल्गुन  १ गते सोमबार  तीनवटा यातायात मजदुर संगठन (नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संगठन र नेपाल यातायात मजदुर संघ ) ले गरेको आन्दोलन को  मौका छोपी  नेपालको राजधानीको  मुख्य बजार नयाँ बसपार्कस्थित ल्होत्से व्यापारिक केन्द्रका पसलहरुको बन्द सटर तोडफोड गरी दिनदहाडै  भएको लुटपाटको घटना प्रति यस नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ को गम्भीर ध्यानाकर्षण भएको छ। 

राज्य प्रशासन र कानून लाई ठाडै चुनौती दिंदै दिनदहाडै भएको यो  घटनाले सुरक्षा निकायको जनतालाई दिनुपर्ने शान्ति सुरक्षा र आफ्नो  कर्तव्यमा कमिकमजोरी भएको देखिन्छ   ।  

‘शान्तिपूर्ण आन्दोलन , प्रदर्शन गर्न पाउने अधिकार जो कसैलाई पनि हुन्छ तर सोहि आन्दोलन को निहुँमा कसैको व्यक्तिगत व्यवसाय माथि तोडफोड र लुटपाट मच्चाउने अधिकार कसैलाई पनि छैन। उक्त भएको तोडफोड र लुटपाट मा पिडित व्यवसायीले लाखौं करोडौं मालसामानको  क्षति भोग्नु  भएको  छ।  कोभिड प्रकोप , चर्को बैंक ब्याजदर लगायतका कारण धरायसि हुँदै गइरहेको निजि क्षेत्र यस्ता घटना ले थप प्रभावित हुने निश्चित छ। राज्यलाई कर तिरेर निर्धक्क साथ व्यवसाय संचालन गर्न पनि नसक्ने स्थिति सिर्जना हुन निश्चय पनि पीडादायक छ। यो तोडफोड र लुटपाटको घोर विरोध गर्दै यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि पक्राउ गरी कारवाही दिन र पिडित व्यवसायीहरुलाई आवश्यक क्षतिपुर्ति प्रदान गर्न यस संघले नेपाल सरकार समक्ष जोड्दार माग गर्दछ। साथै उद्योगी व्यवसायीहरुले निर्धक्क साथ आफ्नो व्यवसाय गर्ने वातावरण तयार गरिदिन अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x