Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

आइएमई पे र कन्काई नगरपालिकाबीच सम्झाैता

आइएमई पे र कन्काई नगरपालिकाबीच सम्झाैता

काठमाडाैं,  १२ फागुन। आइएमई पे र कन्काई नगरपालिकावीच समझदारी भएको छ । समझदारी अनुसार नगरपालिकाका सम्पूर्ण वडाहरूमा सञ्चालन हुने एक महिना लामो डिजिटेशन कार्यक्रममा डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्धन आइएमई पेले गर्नेछ ।

नगरपालिकाले सबै सम्बद्ध ग्राहकहरूलाई करदाता परिचयपत्र वितरण गर्नुका साथै सबै करदाता ग्राहकहरूलाई डिजिटल भुक्तानी र अनलाइन कर भुक्तानीका लागि मार्गदर्शन गर्नेछ । भुक्तानी संयन्त्रको रूपमा सहभागिता जनाएको आइएमई पेले उक्त कार्यक्रममा ब्रान्ड प्रवद्र्धनका अतिरिक्त डिजिटल भुक्तानीमा देखिन सक्ने सजिला अप्ठ्यारा विषयमा सचेतनामूलक कार्यक्रम संचालन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *