Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

सिभिल बैंक औपचारिक रुपमा हिमालयन बैंकमा विलय, शूरू भयाे एकिकृत काराेबार

सिभिल बैंक औपचारिक रुपमा हिमालयन बैंकमा विलय, शूरू भयाे एकिकृत काराेबार

काठमाडौं, १२ फागुन । शुक्रबारदेखि  हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको छ । आजदेखि सिभिल बैंक औपचारिक रुपमा शुक्रबारदेखि हिमालयन बैंकमा विलय भएको हाे । हिमालयन बैंकले र सिभिल बैंकलाई प्राप्ति गरी हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको हो।

हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले शुक्रबार बैंकको केन्द्रिय कार्यालय कमलादीमा पूजापाठ गर्दै एकीकृत कारोबार गरेका हुन् ।

हिमालयन बैंकले सिभिल बैंकलाई  १ सय बराबर ८०.२८ अनुपातमा प्राप्ति गरेको हो । यसको अर्थ सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले अब हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।

हिमालयन बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ बनेका छन् । साथै फैशल एन लालनी, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बनेका छन् । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा बनेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *