Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

१४.४१ अंकले बढ्याे नेप्से परिसूचक, एक अर्ब २० करोडकाे काराेबार

१४.४१ अंकले बढ्याे नेप्से परिसूचक, एक अर्ब २० करोडकाे काराेबार

काठमाडौं, २३ फागुन । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।आज नेप्से १४.४१ अंकले बढेर एक हजार ९ सय ५२ दशमलव ६६ विन्दुमा बन्द भएको हाे ।

त्यस्तै, आज नेप्सेमा एक अर्ब २० करोड ४४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १६३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४५ कम्पनीको शेयरमूल्य घटेको छ  । आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सुभम पावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २९१.५० रुपैयाँ पुगेको छ भने सुपर मादीको ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३६१.७० रुपैयाँ पुगेको छ ।

आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी साल्ट टेडिङ कर्पोरेसनको भएको छ । यसको आज १२ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x