Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एनआईसी एशिया बैंकद्वारा रुपन्देहीका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापत रु. १० लाख हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा रुपन्देहीका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापत रु. १० लाख हस्तान्तरण

काठमाडाैं, २३ फागुन । यसएनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाउनु भएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको रु. १० लाख उपलब्ध गराएको छ ।

यस बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्नु भएका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उहाँकी श्रीमती लक्ष्मी बस्यालज्यूलाई यस बैंकका लुम्बिनी प्रदेश प्रमुख श्री तिलक सुन्दर कार्कीज्यूले रु. १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

बैंकले हालसम्म २०७९ जना ग्राहक महानुभावहरुलाई बीमा दाबी गरे वापतको रु. ७ करोड ८८ लाखभन्दा बढी रकम प्रदान गरिसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २७ जनाले रु. २ करोड ९० लाख, दुर्घटना बीमा वापत १३ जनाले रु. १ करोड ३० लाख र मेडिकल बीमा वापत २ हजार ३९ जनाले रु. ३ करोड ६७ लाख बीमा रकम प्राप्त गरिसक्नुभएको छ ।

यस बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहक महानुभावहरुलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तर्गत रु. ४० लाखको दुर्घटना बीमा, रु. ४० लाखको घातक रोग बीमा र रु. ४ लाखसम्मको औषधि उपचार बीमा प्राप्त गर्नुहुन्छ । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले रु. ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि रु. ८० हजारसम्म प्राप्त गर्न सक्नुहुनेछ । ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x