Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नागरिक लगानी कोषकाे ३३ औं वार्षिकोत्सव सम्पन्न

नागरिक लगानी कोषकाे ३३ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, ४ चैत । नागरिक लगानी कोषकाे ३३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार काठमाडाैंमा १ कार्यक्रम आयाेजना गरी कोषले आफ्नाे ३# वार्षिकाेत्सव मनाएकाे हाे ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै राजस्व सचिव डा. रामप्रसाद घिमिरेले अन्य वित्तिय संस्थाहरुसँग प्रतिस्पर्धा गर्दै अगाडी बढ्नु पर्नेमा जाेड दिए । यस्तै काेषका अध्यक्ष डा.  सुर्य बहादुर थापाले कोषलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने बताए ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा काेषकाे लगानी २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ पुगेकाे छ। सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ।

यो अवधिमा कोषले मुद्दती निक्षेपमा १ खर्च ०६ अर्ब २६ करोड रुपैयाँ, संगठित संस्थाको सेयर/धितोपत्रमा २८ अर्ब २६ करोड १३ लाख रुपैयाँ सहभागी सापटी तथा आवास कर्जामा ४५ अर्ब ९२ करोड १५ लाख र समयकालीन कर्जामा २२ अर्ब ६९ करोड ८० रुपैयाँ लगानी गरेको छ। नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित कोषले २०४८ माघ १ देखि कारोबार सुरु गरेको हो।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x