२३.७ प्रतिशतले बढ्यो वैदेशिक सहायता प्रतिबद्धता
काठमाडौं, ६ चैत । चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा वैदेशिक सहायता प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.७ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयका अनुसार गत पुस मसान्तसम्मा १ खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको छ ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बरारबको वैदेशिक सहायता प्रतिबद्धता आएको थियो ।
चालू आर्थिक वर्षको ६ महिनमा आएको वैदेशिक सहायता प्रतिबद्धतामध्ये ऋण ८३.१ र अनुदान १६.९ प्रतिशत रहेको छ ।