Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

वायुसेवा निगम सुधार्न विशेष महत्व दिएको छु : पर्यटनमन्त्री किराती

वायुसेवा निगम सुधार्न विशेष महत्व दिएको छु : पर्यटनमन्त्री किराती

काठामाडौं, १२ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सुधार्न विशेष महत्व दिएको बताएका छन् । निकै कमजोर अवस्थामा रहेको निगमको हालको अवस्थालाई सुधारेर साँच्चिकै गौरव गर्न लायक ध्वजावाहक बनाउन विभिन्न प्रयत्न भइरहेको उनले उल्लेख गरे ।

पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउन विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग आज अन्तक्र्रियाका क्रममा पर्यटनमन्त्री किरातीले निगमका साथै मुलुकको समग्र हवाई क्षेत्रको सुधार गरी सुरक्षित र भरोसायोग्य बनाउन नीतिगत र संरचनागत सुधार गरिने विश्वास व्यक्त गरे ।

 

पर्यटनमन्त्री किरातीले पुरानो पर्यटन ऐनका कारण पर्यटन क्षेत्रमा गुणात्मक फड्को मार्न नसकिएको बताउनुभयो । संस्कृति र सम्पदाको क्षेत्रमा पनि सन्तोषजनक काम हुन नसकेको उनको भनाइ छ ।

आफू मन्त्री भएर आएको दुई महिनाको अवधिमा मन्त्रालय र मातहत निकायमा धेरै समस्या पहिचान गरेको र समस्यालाई सम्भावनामा परिणत गर्न आवश्यक रणनीतिसमेत बनाएको उनले उल्लेख गरे । मन्त्रालय मातहतका निकायको कामकारबाही चुस्त र प्रभावकारी बनाउन योजनाबद्ध कार्यक्रम ल्याउने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x