आठ महिनामा रू. एक खर्ब १४ अर्ब बराबरको ऋणको प्रतिबद्धता
काठमाडौं, १२ चैत । चालु आर्थिक वर्ष २०७९र८० को फागुन मसान्तसम्ममा सरकारले रु एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ । अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट रु २४ अर्ब ५६ करोड १० लाख बराबर अनुदान र रु एक खर्ब १४ अर्ब बराबर वैदेशिक ऋणको प्रतिबद्धता पाएको हो ।
चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले रु दुई खर्ब ४२ अर्ब २६ करोड बराबर वैदेशिक ऋण र रु ५५ अर्ब ४६ करोड बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो । लक्ष्यको तुलनामा वैदेशिक ऋण प्रतिबद्धता ४७ प्रतिशत र वैदेशिक अनुदान प्रतिबद्धता ४४ दशमलव २८ प्रतिशत बराबर हो ।
अर्थ मन्त्रालयका अनुसार यो अवधिमा जापान सहयोग नियोगबाट ‘प्रोजेक्ट फर ह्युमन रिसोर्स डेभलपमेन्ट स्कलरसीप कार्यक्रमका लागि रु ३५ करोड अनुदानको प्रतिबद्धता सरकारले पाएको छ । त्यस्तै जाइकाले ‘तराई क्षेत्र सिँचाइ प्रणाली सुदृढीकरण परियोजना’का लागि रु दुई अर्ब अनुदान प्रतिबद्धता जनाएको छ । युरोपियन युनियनबाट ‘वास फर अल’ परियोजनाका लागि रु एक अर्ब ३७ करोड र ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमका लागि रु दुई अर्ब अनुदान प्रतिबद्धता पाएको छ ।
आठ महिनामा स्वीटजरल्यान्ड सरकारबाट ‘प्राविधिक तथा व्यावसायिक शिक्षा कार्यक्रम’का लागि रु ९९ करोड १० लाख बराबर अनुदान सहायताका प्रतिबद्धता आएको छ । दक्षिण कोरिया सरकारले कोरियाबाट फर्किएका कामदारको उद्यमशीलता विकासका लागि लागि रु एक अर्ब र नेपाल प्रहरीको साइबर ब्यूरोको क्षमता विकासका लागि रु एक अर्ब अनुदानको प्रतिबद्धता जनाएको छ ।
त्यसैगरी एसियाली विकास बैंक ९एडिबी०ले नेपालको पहाडी क्षेत्रमा फलफूल तथा ओखरखेती प्रवद्र्धनका लागि रु दुई अर्ब ४७ करोड र महिलाको क्षमता विकास कार्यक्रमका लागि रु एक अर्ब ५७ करोड अनुदान प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ ।