Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

सगरमाथा आरोहणको मनोवलले अन्य साहसी काम गर्न प्रधानमन्त्रीको सुझाव

सगरमाथा आरोहणको मनोवलले अन्य साहसी काम गर्न प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्न सुझाएका छन् । केही समयअघि सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्न सुझाव दिएका हुन्।

प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा कहिले पनि लापरवाही गर्नु नहुने बताए। स्वास्थ्यले साथ नदिए वा बढ्ता जोखिम मोलेर जानु नहुने सुझा पनि दिए । ओलीले आफूलाई पनि सगरमाथा आरोहणको रहर भएपनि युवा अवस्थामा राजनीति गर्दा भूमिगत बस्नु परेको र त्यसपछि १४ वर्षसम्म जेल बस्नु परेकाले त्यो अवसर नपाएको बताए ।

सगरमाथा आरोहण गर्ने पाँच महिला पत्रकारको सम्मानमा प्रथम महिला श्रीमती राधिका शाक्यले कार्यक्रम आयोजना गरेकी हुन्। सफल आरोही पत्रकार रोजिता बुद्धाचार्य, रोशा बस्नेत, देउराली चाम्लिङ, कल्पना महर्जन र प्रियालक्ष्मी कार्की हुन्। कार्की स्वास्थ्य बिग्रिएका कारणले ७ हजार मिटरबाट फर्किएकी थिइन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *