Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

८ महिनामा चीनबाट डेढ खर्बको आयात, ५१ करोडको निर्यात

८ महिनामा चीनबाट डेढ खर्बको आयात, ५१ करोडको निर्यात

काठमाडौं, २० चैत । चालू आर्थिक वर्षको ८ महिनामा उत्तरी छिमेकी मुलुक चीनबाट डेढ खर्ब रुपैयाँ बराबरको आयात भएको छ । यस्तै सोही अवधिमा निर्यात भने ५१ करोड रुपैयाँ बराबरको मात्र भएको छ । भन्सार विभागको तथ्याङ्अंंकनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा एक खर्ब ४५ अर्ब ७८ करोड ५७ लाख ५१ हजार रुपैयाँ बराबरको सामान आयात भएको हो । यस्तै ५१ करोड ९३ लाख ६६ हजार रुपैयाँको निर्यात छ ।

चीनबाट नेपालमा ठुूलो परिमाणमा आयात भए पनि सो अनुुपातमा निर्यात नहुुँदा आठ महिना एक खर्ब ४५ अर्ब २६ करोड ६३ लाख ८५ हजार रुपैयाँको व्यापार घाटा रहेको छ । विभागको तथ्याङ्कअनुसार आव २०७८–७९ मा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार रुपैयाँको सामान आयात भएकोमा ८० करोड ८७ लाख ५४ हजार रुपियाँ बराबरको सामान निर्यात भएको थियो । चीनले नेपालका आठ हजार वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ । स्वदेशी वस्तुको निर्यातमा छुुटको व्यवस्था भए पनि निर्यात भने न्यून मात्र हुनेगर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x