Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

एनआईबीएल सहभागिता फन्डमा सिटिटेक ग्रूपका कर्मचारीको लगानी गर्न सम्झौता

एनआईबीएल सहभागिता फन्डमा सिटिटेक ग्रूपका कर्मचारीको लगानी गर्न सम्झौता

काठमाडौं, २० चैत । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड)द्वारा प्रवद्र्धित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपालमा फिनटेक, इनोभेटिभ सलुशन, रेमिटेन्स, माइक्रो–लेन्डिङ, डिजिटल पेमेन्ट, वालेट, पी.ओ.एस., ब्लकचेन जस्ता सेवाहरु संचालन गर्दै आइरहेको सिटिटेक ग्रुप प्रा.लि. बीच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा कर्पोरेट पेरोल एआईपीमार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस योजना अन्तर्गत, सिटिटेक ग्रुप प्रा.लि. का विभिन्न तहका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजना (एसआईपी)मार्फत लगानी गर्न सक्नेछन् ।

उक्त सम्झौतामा सिटिटेक ग्रुप प्रा.लि.का तर्फबाट कम्पनिका वित्तीय प्रमुख अच्युत अधिकारी र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले मिति २०७९ चैत्र २० गते सोमबारका दिन हस्ताक्षर गरेका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x